यूवाहरुकाे एउटा आकर्षणकाे केन्द्रबिन्दु बनेकाे छ। राेजगारीकाे शिलशिलामा राेजगार अनुमति प्रणाली (EPS) मार्फत धेरै युवाहरु दक्षीण काेरियाका औधाेगिक,कृषि तथा पशुपालन क्षेत्रमा दिनानुदिन भित्रिने क्रम जारी छ।आम्दानिकाे दृस्टिकाेणले अरु गल्फ मुलुकहरुमा भन्दा राम्राे भएकाे कारणले पनि युवाहरु यतातर्फ आकर्षित छन।नेपालमा बिधमान राजनैतिक अस्थिरता,परिवारकाे आर्थिक अबस्था, बेराेजगारी,शैक्षिक याेग्यता अनुसार काम नपाउनु साथै पाईहाले पनि पारिश्रमिक एकदमै कम हुनुका पछाडि वैदेशिक राेजगार आकर्षित छ।वैदेशिक राेजगारकाे नाममा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल काे बाटाे भएर दिनहुंजसाे हजाराैं युवाहरु आफ्नाे मातृभूमि छाेडेर आकाशकाे यात्रा तय गर्छन।बैदेशिक राेजगारी ले एकातिर रेमिट्यान्स भित्राएर समग्र रास्ट्रकाे आर्थिक विकासमा कांध थापेकाे छ भने अर्काेतर्फ बर्शेनि शिक्षित जनसक्ति अदक्ष कामदारकाे रुपमा बैदेशिक राेजगारिकाे नाममा बाहिरिनु भबिस्यमा देशकै लागि अभिसाप सरह हुनेत हाेइन भन्नेजस्ता प्रश्नचिह्न खडा भएका छन।

गुरुदत्त न्याैपाने

राेजगार अनुमति प्रणाली मार्फत दक्षिण काेरिया जाने युवाहरुकाे संङख्या पनि बर्षेनि बढदाे क्रममा छ।राेजगार अनुमति प्रणाली लागु भए यता दक्षिण काेरियामा नेपालिहरुकाे सङख्या झन्डै ५०,००० काे हाराहारि पुगेकाे छ।नेपालकाे परिप्रेक्ष्यमा दक्षिण काेरिया जाने १८ देखि २५ बर्ष उमेर समुहका +२ तथा स्नातक पढदै गरेका युवाहरुकाे संङख्या उच्च छ।बिधार्थि उमेरमा नेपालमा कामकाे नाममा सिन्काे नभाचेका,परिवारमा बुवा आमाले पुलपुल्यायर पालेका,अभाबकाे महशुश नगरेका,जिम्मेवार बहन नगरेका साथै घरमा सेठ पल्टेर खाएका युवाहरुलाइ दैनिक १२/१५ घन्टाकाे कामकाे प्रेशर तथा त्यहाकाे ब्यस्त दैनिकि संग हेलमेल हुनकाे लागि हम्मेहम्मे पर्छ।त्याे पारिवारिक पृस्ठभुमि बाट हुर्केका व्याक्तिहरु छिट्टै मानसिक तनाबमा पर्ने गरेका छन।

हुनत मानसिक तनाब नभएका मान्छेहरु याे संसारमा सायदै छैनन हाेला।मानसिक तनाबमा पर्नु ठुलाे कुरा पनि हाेइन तर त्यसकाे सहि ब्यबस्थापन गरेर अगाडी सबैभन्दा महत्वपुर्ण पक्ष हाे।जसले समस्यालाइ सारथि बनायर सुख र दुःख जिन्दगीका पाटा हुन भन्ने स्विकार्छ उसले अर्थपुर्ण जिन्दगी जिउन सक्छ तर त्यसकाे ठिक बिपरित जसले समस्या,बाधा,अडचन र संघर्ष लाइ सारथि बनाउन सक्दैन त्याे मान्छे मानसिक तनाब मा फस्दछ।जब तनाब ले चरम बिन्दु पार गर्दछ तब उसले त्यसकाे अन्तिम समाधान आत्महत्या राेज्दछ।

पछिल्लाे समयमा काेरियामा नेपाली युवाहरुकाे बिभिन्न कारणले मृत्यु भएका खबरहरु सामाजिक संजालमा छ्यापछ्यापति सरदर मासिक २/३ वटा घटना काे दरले समाचार हरु पढनुपरेकाे तपाइहरु माझ सर्वविदितै छ।जसमा औधाेगिक दृर्घटना,हृदयधात,डिप्रेशन तथा अन्य बिभिन्न कारणले ज्यान गुमाउने हरु छन।याे हाम्राे लागि दुर्भाग्य तथा चुनौती काे बिषय बनेकाे छ।काेरिया गएर कतिपय युवाहरुले आफ्नाे परिवारकाे आर्थिक अबस्थालाइ कायापलट गरेका थुप्रै उदाहरण भएतापनि केहि युवाहरुले परिवारलाइ कहिल्यै सन्चाे नहुने घाउ बनाईदिएर संसारबाट बिदा भयका छन।याे निर्णयले भलै उसकाे समस्या त समाधान हाेला।तर परिवारलाई थप समस्या थुपारेर लिएकाे निर्णय काे कुनै तुक हुदैन।

काेरियामा नेपाली युवाहरु मानसिक तनाब यानिकि डिप्रेसन मा पर्ने कारणहरु धेरै छन।जसमा नेपालमा जस्ताे साेचेकाे थियाे वास्तबिकता मा त्यस्ताे नहुनु,बृद अशिक्षित मान्छेहरु संग काम गर्दा उनिहरुकाे बिचार संग हेलमेल हुन नसक्नु,भाषागत समस्या,आफुलाई निकाे हुन नसक्ने राेग लागेकाे थाहा हुनु,कार्यक्षेत्रमा दिनहुंजसाे दुब्यबहार तथा झगडा पर्नु,त्यहांकाे ब्यस्त दैनिकि संग समायोजन हुन नसक्नु,आफ्नाे कामसंग रमाउन नसक्नु,कम्पनि छाेडन साहुबाट लेटर नपाउनु,आफ्नै नेपालि साथिहरु द्वारा हेपिनु,त्यहांकाे संस्कृति,वातावरण,खानपानमा रमाउन नसक्नु,बस्ने ब्यबस्था भनेजस्ताे नहुनु,आफ्नै रुममेट संग पर्याप्त संचार नहुनु,नेपालमा भयका परिवारसंगकाे झगडा तथा बेमेल,प्रेममा असफल हुनु जस्ता धेरै कारणहरुले नेपाली युवाहरु मानसिक तनाब(डिप्रेसन)काे शिकार भएका छन।मानसिक तनाब काे लेबल उच्च हुदैगर्दा आत्महत्या का शाेचहरुकाे बिजाराेपण हुन्छ।

मानसिक तनाब बाहेक मृत्युहुने अरु कारणहरु पनि ब्याप्त छन।अत्यधिक धुमपान तथा मधपान गरि बेहाेश तालमा सुत्नु,काेठामा पर्याप्त मात्रामा अक्सिजनकाे परिबहन नहुनु,जाडाे समयमा झ्यालढाेका तथा भेन्टिलेशन बन्द गर्नु तथा बाेइलर,हिटर जस्ता हिटिङ उपकरण काे तापक्रम मेन्टेन नगरि सुतिदिनाले काेठामा भएकाे अक्सिजन तथा शरिरमा भयकाे पानीकाे मात्रा ति हिटिङ उपकरणले शाेशिदिनाले शरिरलाई चाहिंने अक्सिजन अभाब तथा डि-हाईड्रेशन का कारणले कतिपयले अकालमै आफ्नाे ज्यान गुमाउनु परेकाे छ।साथै औधाेगिक क्षेत्रतर्फ कामगर्ने हरुले लगातार रुपमा स्वचालित तथा म्यानुअल मेशिनमा काम गर्नुपर्ने भएकाेले अत्यधिक मदिरा शेबन गरि काम गर्नाले,अनिद्राकाे कारणले,काम गर्दा मन अन्तै डुलाउनाले,मानसिक तनाबकाे कारणले,पारिवारिक झैझगडा,कार्यस्थलमा हुने दुर्वबहार का कारणले औधाेगिक दुर्घटना भई अंगभंग तथा ज्यानै गुमाउने जस्ता घटनाहरु पनि बढिरहेका छन।

जहां ईच्छा त्यहां उपाय भनेजस्तै हरेक समस्याकाे कहिं न कहिं समाधान लुकेकै हन्छ।समस्या आउछ त समाधान लिएर त्यसैले माथि चर्चा गरिएका कतिपय समस्याहरुलाई सहि पहिचान गरेर हामीआंफै ब्याक्तिगत तबरले पनि समाधान गर्नसक्छाैं भने कतिपय समस्याहरु समाधान गर्न साथिसमुह,बिशेशज्ञ ,संबन्धित निकाय तथा संघसंस्था हरुले महत्वपुर्ण भुमिका खेल्दछन।हामी नेपालीहरु कतिपय सानातिना,झिनामसिना कुराहरुलाइ वेवास्था गर्छाैं तर पछि गएर तिनै साना झिनामसिना कुराहरु बिकराल भइदिन्छन।

हामीहरुले सामान्य खानपान तथा सुत्ने बानीमा मात्रै सुधार ल्यायाैंभने पनि कतिपय समस्याहरु आंफै हल हुन्छन।समयमा खाने,सुत्ने,उठने,ब्यायाम गर्ने,मादक पदार्थ तथा धुमपान नगर्ने,काेठाकाे भेन्टिलेशन रेगुलर चेक गर्ने यानकि काेठामा प्रशस्त मात्रामा अक्सिजन छिर्ने ब्यबस्था मिलाउने,सुत्नु अगाडि ठुलाे भांडाेमा पानी भरेर काेठामा राख्ने जसले गर्दा काेठाकाे आद्रता मेन्टेन भइ शरिरमा डि-हाइड्रेशन हुन पाउदैन,हिटर तथा हिटिङ उपकरण काे तापक्रम दिनहुंजसाे घटबढ गराईरहने,साथै आफ्ना समस्या साथी हरुलाइ शेयर गर्ने,फुर्सदकाे समयमा साथीहरु संग घुम्न जाने रमाइलाे गर्ने,नेपाली संघसंस्था हरुले आयाेजना गरेका सांस्कृतिक कार्यक्रम,पार्टि ,पिकनिक तथा भ्रमणमा सहभागी हुने,बिदाकाे समयमा मनपर्ने परिकार साथीहरुसंग मिलेर बनाएर खाने,छुसक तथा सलनालमा आफ्नाे गाउंठाऊं का साथीहरुसंग भेटि सुख दुःख शेयर गर्ने,नजिकैकाे बिदेशी सहयाेग संस्था मा गइ त्यहां आयाेजना गरिएका बिभिन्न कार्यक्रममा सहभागिता जनाउने,गितार ,कम्प्युटर तथा काेरियन भाषा साथै बेलाबेलामा HRD ले आयाेजना गर्ने तालिमहरुमा सहभागी हुने,घरपरिवार संग नियमित रुपमा इन्टरनेटकाे माध्यमबाट अपडेट भईराख्ने,गुगलबाट बिभिन्न कुराहरु सर्चगरि सिक्ने,साथै आफुलाइ मनपर्ने गितसुन्ने तथा मुभिहरु हेर्ने ,गेम खेल्ने गर्नाले मानसिक समस्याहरुलाइ न्युनिकरण गर्न सकिन्छ।

मानसिक तनाब दक्षिण काेरियामा यउटा बिकराल समस्याकाे रुपमा खडा भएकाे छ।यसलाई न्युनिकरण गर्न बिलम्ब गर्नुहुदैन।सम्बन्धित निकायहरुले यसकाे बारेमा गहन अध्ययन गरेर छिट्टै न्युनिकरण गर्ने उपायहरु प्रतिस्थापन गर्नुपर्ने देखिएकाे छ।हुनत बेलाबेलामा काेरियामा भएका जिम्मेवार संघसंस्था हरुबाट यस बिसयमा कार्यक्रम नभएका भने हाेईनन तर जति प्रभाबकारी हुनुपर्ने हाे त्याे उचाइ सम्मचांही नभएकै हाे।नेपाली दुताबास,गैर आवासिय नेपाली संघ साथै बिभिन्न जिम्मेवार संस्थाबाट बेलाबेलामा नेपालबाट नशा तथा मानशिक राेग बिशेशज्ञ हरुलाई काेरिया बाेलाएर प्रतयक्षरुपमा काउन्सेलिङ प्राेग्राम तथा मानसिक राेग लागेकाे पहिचान भएका ब्यक्तिहरुलाइ सल्लाह तथा उपचार साथै जटिल नै समस्या भएकाहरुलाइ सुरक्षित देश फिर्ति गर्न सकेपनि केहिमात्रामा याे समस्यालाई हल गर्न सकिन्थ्याे कि?

काेरियामा मानसिक समस्यामा हुनुहुन्छ भने म तपाईहरुलाई के भन्न चाहन्छु भने सर्वप्रथम त तपाईहरुले आफुले आफुलाई विस्वास गर्नुस।त्यसपछि नेपालबाट संगालेका सबैसबै सपनाहरुलाइ सम्झनुहाेस।परिवारकाे भविस्यकाे बारेमा साेच्नुहाेस,आमाबुवा तथा परिवार प्रतिकाे जिम्मेवारि सम्झनुहाेस,तपाइ बिनाकाे परिवारकाे भबिस्यकाे बारेमा कल्पना गर्नुहाेस।साथै २ दिनकाे जिन्दगी जतिसक्दाे भरपुर हांस्नुहाेस,खेल्नुहाेस,रमाउनुहाेस।साेच्नुहाेस कि तपाइ तपाईकाे मात्र जिन्दगि जिउदै हुनुहुन्न,तपाइहरुकै भरमा यहां नेपालमा सुन्दर जिन्दगीकाे कल्पना गर्ने परिवार हुनुहुन्छ भन्ने साेच्नुहाेस,काम गर्न सक्नुहुन्छ गर्नुहाेस परिवाकाे आर्थिक अबस्था सबल बनाउनुहाेस,सक्नुहुन्न नेपाल फर्कनुहाेस आफ्नाे जिन्दगि त्यहां गयर नसेलाउनुहाेस।

साथै हाम्राे चाहना देशमा छिट्टै राजनैतिक स्थिरता कायम हाेस।याे देशकाे माटाेमा जन्म लिएका हामी यहि देशकाे माटाेमा काेरियाकै जसरि श्रमदान गर्न पाऔं।काेरियामा सिकेकाे सिप,श्रम र पुंजीलाइ आफ्नैदेश मा खन्याउन पाऔं। विदेशी माटाेमा लतपतियका हामी सारा नेपाल आमाका सन्ततिहरु आफ्नै मातृभुमी मा फर्किएर देशलाइ समृद्दिकाे बाटाेमा अग्रसर गराउन सकाैं।

र अन्त्यमा आत्महत्या समस्या समाधानकाे पुल हाेईन।समस्या संग हतासियर गलत निर्णय नगराैं।समस्या संग जुध्न,भिडन सिकाैं साथै सबैकाे काेरिया बसाइ सफल र रमाईलाे बनाेस ।स्वस्थ रहनुस,ब्यस्त रहनुस।

लेखक:गुरुदत्त न्याैपाने (स्याङ्गजा)
काेरियाकाे ४ बर्ष १० महिने कार्यकाल पश्चात
हाल:बुटवल रुपन्देही,नेपाल

तपाईको प्रतिक्रिया