एजेन्सी,- इन्टरनेटको माध्यमबाट बिभन्न सामाजिक संजालमा कुनै व्यक्ति तथा संघ संस्थाको गोपनियता भंग हुने तथा इज्जतमा आच आउने क्रियाकलाप गर्नु साइबर क्राइम हो । फेसबुक, टुइटर, युट्युव, आदि जस्ता समाजिक संजालको बढदो प्रयोग संगै यस्ता घटनाहरु पनि बढ्ने गरेको अनुसन्धानले देखाएको छ । कसैसंग दुश्मनी हुदा होस वा आफ्नै प्रेमी प्रमिकासंग छुटिनुपर्दा होस, आक्र्रोशमा आएर व्यक्तिले सामाजिक संजालमा लेखेका भावनाहरु तथा राखेका फोटो र भिडियोहरुले ठूलो घटना निम्त्याउन सक्छ । साइबर का्रइमको सिकार पुरुष भन्दा पनि महिलाहरु बढि हुने गरेके पाइन्छ ।
यस्ता अपराधहरुसँग निरुत्साहित गर्न कानुन बनाइएको छ । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले केही सावधानी अपनाए यस्ता घट्नाबाट जोगिनुका साथै सुरक्षित तरिकाले सामाजिक सञ्जालमा क्रियाशिल हुन सक्छन् ।

यस बारेमा साइबर सुरक्षा विशेषज्ञ जितेन जैनले सामाजिक सञ्जाल प्रयोग गर्दा केही कुरामा ध्यान दिन सल्लाह दिएका छन् ।
१० सबैभन्दा पहिलो सामाजिक सञ्जालमा आफ्नो निजी तस्विर राख्नु हुँदैन । तपाईका तस्विर कसैलेपनि प्रयोग गर्न सक्छन् ।

२० तर पनि तपस्वर राख्न चाहन्हुन्छ भने आफ्नो फेशबुक एकाउन्टमा प्राइभेसी सेटिङलाई सार्वजनिक नगर्नुस् ।

३० सेटिङ आफ्ना साथीभाई र आफुसँग जोडिएका व्यक्तिहरुले मात्रै हेर्न सकिने बताउनु पर्दछ । जसले गर्दासामाजिक सञ्जालमा राखिएको तस्विरसम्म अपरिचित व्यक्तिको पहुँच हुँदैन ।

४० आफ्नो नामको बारेमा गूगलमा सधै सर्च गरि राख्नुस् । यसबाट तपाईलाई आफ्नो नाम कहाँ र कुन–कुन वेबसाइटमा आउँदैछ भन्ने जानकारी हुन्छ ।

५० यदि कुनै गलत स्थानमा अथवा आफुले अनुमति नदिएको स्थानमा तपाईको नाम देखिए त्यसलाई तत्काल हटाउन भन्नुस् ।

६० अपरिचित व्यक्तिको फेशबुक एकाउण्टसँग आफुलाई नजोड्नु होस । अपरिचित व्यक्तिसँग जोडिदा क्षति हुन सक्छ । प्रोफेशनल मानिसहरुलाई लिंकडइन मा जोड्नु होस । फेशबुकमा उनीहरुसँग जोडिदै नजोडिनु होस ।

७० ट्वीटरमा भुलेर पनि निजी तस्विर अपलोड नगर्नु होस । यो सोशल नेटवर्किङ साइट नभएर ट्वीटिङ प्लेटफर्म हो ।

८० ट्वीटरमा तपाईको अनुमति विना अरुले फलो गर्न नसकिे सेटिङ गर्न सकिन्छ । तर अधिकांश व्यक्तिले यस्तो गर्दैनन् । सेटिङलाई बढीभन्दा बढी निजी गरेर तपाईको एकाउण्ट बढी सुरक्षित रहन सक्छ ।

९० तपाईले कयौं पल्ट कुसैको एकाउण्ट ब्लक गरि दिनुहुन्छ अथवा त्यसका बारेमा रिपोर्ट गर्नुहुन्छ । त्यसपछि ब्लक गरिएको व्यक्ति तपाईको एकाउण्टसम्म पुग्न त सक्दैन तर त्यो व्यक्ति अर्को एकाउण्टमार्फत तपाईको एकाउण्टसम्म पुग्न सक्छ भन्ने कुरालाई बिर्सनु हुँदैन ।

१०० तसर्थ कुनै अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट स्वीकार्नु अघि यो कुरालाई सधै दिमागमा राख्नु पर्दछ ।

११० यदि तपाई कुनै समस्यामा पर्नु भएको छ भने नआत्तिकनै नजिकको प्रहरी चौकीमा यस बारे जानकारी दिनु होस ।
यसरी सुरक्षा अपनाए यस्ता अपराधहरुबाट जोगिन सकिन्छ ।

तपाईको प्रतिक्रिया