एजेन्सी – वलिउड हाँस्य  कलाकार कपिल शर्मा अब हलिउडमा पनि देखिने भएका छन् । पर्दामा आइसकेको चलचित्र ‘किस किसको प्यार करु’ र अब आउने तयारीमा रहेको चलचित्र ‘फिरङ्गी’ मा प्रमुख भूमिकामा उभिएका शर्मा एकाएक हलिवुड फिल्मी दुनियामा जाने हल्लाले कपिल शर्माका फ्यान अचम्ममा परेक छन् । शर्मा यस्ता कलाकार हुन जो दुइवटा मात्र वलिउड  चलचित्र खेलेर नै हलिवुडमा प्रवेश गर्दै छन् ।

शर्मा हलिउड  चलचित्र निर्माण कम्पनी बिग मामा वर्क्स को नया सिरिज ‘कॉमेडी करी’ मा काम गर्ने छन् । ‘बिग मामा वर्क्स’ कम्पनीले यो सिरिजको लागि अन्य हलिवुड स्टारको साथमा कपिल शर्माले पनि खेल्ने भनेर सम्झौता भएको बताएको छ ।

तपाईको प्रतिक्रिया