काठमाडौं – चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली) ले अभिनय गरेको म्युजिक भिडियो युट्युबको तेस्रो नम्बर ट्रेन्डिङमा आएको छ । मंसिर १४ गते परेको धुर्मुस सुन्तलीको १० औं म्यारीज एनिभर्सरीको अवसरमा सार्वजनिक गरिएको उक्त गीतलाई दुई दिनमै झन्डै ३ लाख पटक हेरिएको छ ।

धुर्मुस सुन्तलीको १० औं एनिभर्सरीको अबसरमा ‘म जुन दिन देखि ‘बोलको गीतलाई उपहार स्वरूप सार्बजनिक गराएका थिए । सार्वजनिक गरिएको छोटो समयमै गीतको भिडियोलाई सबैले रुचाएका छन । दर्शकको माया र साथले गर्दानै गीत छोटै समयमा सबैले रुचएको बताउदै धुर्मुसले भने ‘तपाईहरुको यो माया, साथले हामिलाई हौसला प्रदान गरेको छ, सम्पुर्णमा यो माया, साथ र सपोर्टको लागि आभार व्यक्त गर्दै तपाईहरुको अपेक्षा अनुरुप हामी अझै राम्रा राम्रा भिडियो लिएर आउने बाचा गर्दछौ ।

‘ दिनेश थपलियाको शब्द रहेको उक्त गीतलाई अर्जुन पोखरेलले सङीत दिएका हुन भने रजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन । सुबिहानी फिल्मसले बजारमा ल्याएको उक्त गीतको भिडियोमा धुर्मुस सुन्तलीनै फिचरिङ छन । भिडियोलाई पप्पा र नबराज उप्रेतिले खिचेका हुन भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

तपाईको प्रतिक्रिया