एजेन्सी – प्रहरीले इजिप्टकी एकजना गायिका शायमा अहमद केरा खाएको आरोपमा पक्राउ गरेको छ । एउटा म्युजिक भिडियोमा सेक्सुअल तरिकाले केरा खाएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।  म्युजिक भिडियोमा शायमा क्लास टिचर बनेकी छन् ।

उनले सेक्सुअल तरिकाले विद्यार्थीका अगाठी केरा खाएको दृश्य छ । यो म्युजिक भिडियोमा उनका पुरूष छात्रले पनि सोही तरिकाले केरा खाएका छन् ।
उनले यस म्युजिक भिडियोमा अन्य हिसावले पनि नकारात्मक प्रभाव पारेको अभियोग लागेको छ । २१ वर्षिया शायमालाई तीन वर्षको जेल हुनसक्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया