काठमाडौं, मंसिर २०-क्रिष्टयानो रोनाल्डोका छोरा जुनियर रोनाल्डोकोे एक अभिव्यक्तिले विश्व फुटबल क्षेत्रमा तहल्का मच्चाएको छ । उनले लियोनल मेस्सी आफ्ना आइडल भएको बताए पछि यस्तो भएको हो ।

हुन त रोनाल्डो र मेस्सी प्रतिद्धिन्द्धी खेलाडी हुन् तर एउटा कार्यक्रममा आफ्ना बुुवा र मेस्सी संगै उभिएर खिचाएको एउटा फोटो इन्स्टाग्राम एकाउन्टमा राख्दै जुनियर रेनाल्डोले थ्याङ्क्यू माइ आइडल लियो मेस्सी लेखेका थिए ।
तर केही समयमा नै त्यो पोष्ट हटाइएको थियो । रोनल्डो जुनिएरले आफ्नो नयाँ इन्स्टाग्राम एकाउन्ट खोलेर सो पोष्ट गरिएको भनिएपनि अनुसन्धान गर्दा उक्त एकउन्ट झुटो रहेको खुलासा भएको छ ।

तपाईको प्रतिक्रिया