फाईल तस्बिर

काठमाडौं, मंसिर २०-विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा गरिरहेका छन्।

आबुधावीको शेख जायेद रंगशालामा हुने खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । खेलमा नेपालले पहिला ब्याटिङ गरेको हो ।

युएईविरुद्धको खेलमा नेपालका तर्फबाट पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेस्वाकर, बिनोद भण्डारी, सोम्पल कामि, सगर पुन, मोहमद असिफ शेख, कर्ण केसी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी खेल्दै छन् ।

डब्लुसिएलको अन्तिम चारमा पर्न नसकेर नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन् । अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन् ।

तपाईको प्रतिक्रिया