काठमाडौं,मंसिर २० – नेपाली बजार सुनचाँदीको भाउ फेरि ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सुनचाँदीको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया