काठमाडौं –  नायिका नम्रता सापकोटाले ‘उत्कृष्ट मोडल’ को उपाधि हातपारेकी छिन् । संगिक्षा फिल्मस् र नमस्ते ट्राभल्स एन्ड टूरको आयोजनामा यूएइको अवुधाबीमा सम्पन्न ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा नम्रताले  उपाधि हातपारेकी हुन् ।   भव्यताका साथ सम्पन्न भएको यस कार्यक्रममा उनी निकै नै खुसी देखिएकी थिइन् । ट्रफी उचाल्दै उनले यो जित आफ्नो लागि हौसला भएको बताईन् ।

कार्यक्रममा उनको चर्चा निकै नै बढि थियो । खासमा उनले लगाएको पहिरनमा सबैका आँखा अडेका थिए । सुष्मा थापाले डिजाइन गरेको रातो गाउनमा नम्रता निकै बोल्ड देखिइन् । उनले लगाएको पोषाकबाट उनको कम्मरमा खोपिएको टा्याटू प्रष्टै देखिन्थ्यो ।

उनको पहिरनले यु ए यी बाट संचाीत नेपाली मिडियाले पनि राम्रै चर्चा पाएको थियो । कार्यक्रममा मोडेल विवेक सिंह ठकुरीले भने ‘उत्कृष्ट मोडल पुरुष को अवार्ड जितेका थिए । उक्त कर्यक्रममा विभिन्न नेपाली कलाकरहरुको राम्रै सहभागिता थियो ।

तपाईको प्रतिक्रिया