काठमाडौं,मंसिर २० – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपालले युएईलाई २ सय २२ रनको लक्ष्य दिएको छ। आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय २१ रन बनाउको हो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे। तेस्रो नम्बरमा ब्याटिङमा आएका भेषावकरले ९५ बल खेलेर ५ चौका प्रहार गरे ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शरदको यो चौंथो अर्धशतक हो भने लिस्ट ए मा पाँचौ अर्धशतक ।

शरदले दोश्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ४१ रनको साझेदारी गरेका थिए भने कप्तान पारस खड्कासँग तेश्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । कप्तान खड्का २० रनमा र ज्ञानेन्द्र ५४ बलमा आउट भएका थिए । ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान दिलीप नाथ १६ रन जोडे।

कप्तान पारस खड्का र सोमपाल कामीले २०–२० रनको योगदान गरे। पारसले आउट हुनुअघि ३६ बलमा ४ चौका प्रहार गरे। सोमपालले १९ बलको सामना गर्दा ३ चौका हिर्काए। आरिफ शेख शून्य रनमा रनआउटको सिकार बन्दा विनोद भन्डारी ४ रन भन्दा बढी जोड्न सकेनन्।बसन्त रेग्मीले अविजित १४ रन बनाए । बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १/१ विकेट लिए ।घरेलु टोली युएईले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

तपाईको प्रतिक्रिया