काठमाडौं– आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपमा युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय २२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

युएईको जितमा घुलाम सबीरले नटआउट ८१, रोहन मुस्ताफाले ६२ र रमित शाहजदले ३७ रनको योगदान दिए । नेपालका शरद भेषावाकर र सन्दीप लामिछानेले एक एक विकेट लिए । युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे। उनले १ सय १६ बलमा ८ चौका प्रहार गरे। मोहमद उस्मानले नटआउट १७ रन जोडे।

त्यसअघि ओपनर रोहन मुस्ताफाले ६२ रन बनाए। उनले ७१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर अस्फक अहमेद १९ रनमा आउटमा रनआउ भए। रहिम शाहजादलाई सन्दीप लामिछानेले ३७ रनमा आउट गरे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १–१ विकेट लिए।

तपाईको प्रतिक्रिया