इलाहावाद -भारतीय एक साधुले काँडालाई बिस्तारा बनाएर कठिन तपस्या गरिरहेका छन् । ५२ वर्षीय बाबा लक्ष्मण रामले इलाहावादमा जारी एक महिने मकर मेलाका क्रममा प्रायश्चित गरिरहेका हुन् ।

लाखौं दर्शनार्थी मेला भर्न इलाहावाद जान्छन् । त्यसबीचमा विभिन्न हत्कण्डा पनि अपनाउँछन् । तर यी साधुलाई के भयो त्यस्तो जसले बनाए काँडाको सिरानी र काँडाकै बिस्तारा ।
१८ वर्षको उमेरमा भुलवस् गरेको गौ हत्याको प्रायश्चित गर्दागर्दा उनी काँडामै सुत्न अभ्यस्त भइसकेका छन् । उनी काँडामा सुत्दासुत्दा दर्शनार्थीहरु उनलाई ‘काँटेवाले बाबा’ भनेर चिन्न थालेका छन् ।

तपाईको प्रतिक्रिया