एजेन्सी,माघ १६ – एउटा शरीर जाँच्ने एमआरआई (MRI) मेशिनले मानिसको ज्यानै लिएको घटना सार्वजनिक भएको छ । भारतको प्रख्यात शहर मुम्बईको एक सरकारी अस्पतालमा यो घटना भएको हो ।
बिबिसीले जनाए अनुसार मेशिनमा शरीर जाँचका लागि राखिएका राजेश मारुको अत्याधिक अक्सिजन प्रवाहका कारण मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

घटनापछि राजेशका आफन्तहरुले उपचारमा संलग्न एक चिकित्सक,वार्ड बोइ तथा महिला क्लिनरको विरुद्धमा मुद्दा दायर भएको छ । समाचारमा जनाइएअनुसार राजेश एक आफन्तको साथमा एमआरआई स्केन गर्नको लागि अस्पताल गएका थिए ।

डाक्टरको निर्देशन अनुसार स्क्यानका लागि ति बिरामीलाई एमआरआई रुम लगिएको थियो त्याहाँ अक्सिजनको सिलिण्डर लिक रहेको र अत्याधिक अक्सिजन प्रवाहका कारण मृत्यु भएको प्रहरीको भनाई छ । अक्सिजन सिलिण्डर नियतवश लिक गराइएको हो या भैपरी आउने घटना हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo