क्यालिफोर्निया – उडानका क्रममा हवाईजहाजको इन्जिन फेल भएपछि राजमार्गमा नै आपतकालीन अवतरण गरिएको छ । एनबीसी साउथर्न क्यालिफोर्नियाका अनुसार २४ वर्षीय पाइलट इज्जी स्लोउडले जहाजलाई सान डियगोबाट भान नुयजतर्फ लगिरहेका बेला इन्जिनमा गडबडी आएको चाल पाएका थिए ।

गडबडी आए लगत्तै एक पाइलटले क्यालिफोर्नियाको राजमार्गमा नै आपतकालीन अवतरण गराएका हुन् । यस क्रममा कसैलाई सामान्य चोटपटकसम्म लागेन । इन्जिनलाई रिस्टार्ट गर्न नसकेपछि स्लोडले जहाजलाई कोस्टा मेसास्थित ५५ फ्रिवेमा अवतरण गराउने निर्णय लिए ।

तपाईको प्रतिक्रिया