काठमाडौं, जेठ २९—अमेरिका र उत्तर कोरियाको शिखरवार्ता मंगलबार सुरु भएको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबिच सिंगापुरको एक होटलमा वार्ता हुन लागेको हो । वार्ताका लागि राष्ट्रपति ट्रम्प र नेता उन वार्ता स्थलमा पुगेर हात मिलाएका छन् ।

नेपाली समय अनुसार बिहान पौने ७ बजे वार्ता शुरु हुने र वार्तामा राष्ट्रपति ट्रम्प र नेता उनसँग अनुवादक बाहेक कोही पनि नरहने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायत कार्यक्रम तय भएका छन् ।

तपाईको प्रतिक्रिया