एजेन्सी – जर्मनीमा रहेको एक रेस्टुराँले बेलुका ५ बजेपछि १४ वर्षसम्मका बच्चालाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । ग्य्रान्डमा किचन नामक रेस्टुराँले बच्चाहरूको चकचकका कारण मानिसहरूलाई हैरानी नहोस् भनेर यो नियम लगाइएको हो ।

यो निर्णयको बचाउ गर्दै रेस्टुराँ मालिकले त्यहाँ आउने मानिस शान्तिपूर्वक खाना खान पाऊन् भनी यसो गरिएको बताएका छन् । बच्चा लिएर आउने आमाबुवाले खाना खानुभन्दा बच्चा सम्हाल्न ध्यान दिनुपर्ने भएकाले आफूले यो नियम ल्याएको बताईएको छ ।

तपाईको प्रतिक्रिया