तिर्खा लाग्दा पानी खानीको दोष के हुन्छ ?
बिहे नगरी ससुराली जानीको दोष के हुन्छ ?

अरे, तिमी भित्र छ पत्थर म भित्र मुटु छ
पत्थरलाई मुटु सम्झने बानीको दोष के हुन्छ ?

फिल्म हलमै रोए म, धेरै नाजुक दिलहरुसँगै
निर्माता, निर्देशक र कहानीको दोष के हुन्छ ?

मन बिगार्छन पागलसम्म हुन्छन् पागलहरु
बिचरा हर्लक्क बढेको जवानीको दोष के हुन्छ ?
प्रकाश समीर

तपाईको प्रतिक्रिया