हामी अधिकांश वैदिक सनातन परम्परामा आस्थावानहरु पुजारीलाई पण्डित या पुरोहितलाई नै आचार्य भन्ने बुझ्ने गर्दछौं। बिद्वानजनहरु पनि यस विषयमा कमै बोध गराउँदछन।
यी कुनै पनि ओहदा कुनै जात विशेषसँग सम्बन्धित छैन

प्रसंग गुरुको
‘गु’ शब्दको अर्थ अन्धकार अनि ‘रु’ को अर्थ प्रकाश। यो आज प्रायलाइ थाहा भएकै कुरा हो। अर्थात जुन ब्यक्तिले हामिलाइ अन्धकार बाट प्रकाश तर्फ लगिदिन्छ तिनी नै गुरु हुन्। गुरुको अर्थ अंधकार नाश गर्ने ब्यक्ती। अध्यात्मशास्त्र या धार्मिक बिसयमा प्रवचन दिनेहरु र गुरुमा पनि धेरै अन्तर छ।गुरुले आत्मबिकास र परमात्मा बारे प्रकाश गर्दछन चर्चा गर्दछन,प्रत्येक गुरु सन्त त अवस्य हुन्छन नै तर प्रत्येक सन्त गुरु हुन आवश्यक हुदैन। केही सन्तहरुमा मात्र गुरु बन्ने पात्रता हुन्छ। त्यसैले समग्रमा गुरुको अर्थ यहाँ आएर हुन्छ ‘ब्रम्ह ज्ञानको मार्गदर्शक’ ।

 आचार्य बारे
आचार्य त्यसलाई भनिन्छ जसलाई वेदादी शास्त्रको ज्ञान हुन्छ,जो गुरुकुल आदिमा विद्यार्थीलाई शिक्षादिने कार्य गर्दछन। आचार्यको अर्थ यो बुझौं जो आचार, नियम, सिद्धान्त, आदिको राम्रो ज्ञानले युक्त छ अनि अरुलाइ शिक्षा दिने कार्य गर्दछ। महत्वपूर्ण कुरा जो कर्मकाण्ड आदिको पुर्णज्ञाता छ उस्लाइ पनि यज्ञ बिशेशमा आचार्य भन्ने गरिन्छ तर केवल त्यस यज्ञको लागि मात्रको आचार्य।

पुरोहित
पुरोहित दुई शब्दको संयोजन ले बनेको हुन्छ। पर अनि हित। अर्थात यस्तो ब्यक्ती जो अरुको कल्याण् को चिन्ता गर्दछ। अर्को अर्थमा पुरंहित। पुर भन्नाले देश ,क्षेत्र,समाज आदि। जसले देश समाज क्षेत्र आदिमा कल्याण हित गर्न चाहन्छ र गर्छ उ पुरोहित भन्न योग्य हुन्छ। केवल कर्मकाण्ड गर्ने मात्रलाइ भनिदैन। प्राचीन समयमा आश्रमको प्रमुखलाई पनि पुरोहित भन्ने गरिन्थ्यो जहाँ शिक्षा दिने काम हुन्थ्यो साथै यज्ञ आदि कर्म गर्ने गराउने जनलाई समेत पुरोहित भन्ने चलन थियो।

यी पुरोहित वास्तवमा सवै कर्म संस्कार गराउनको लागि नियुक्त गर्ने गरिन्छ। प्राचीन समयमा राजा महाराजाहरुहरुले दरवारको लागि पुरोहित नियुक्त गरि धर्म कर्मको रेखदेखको साथै राजकिय सल्लाहकार समिती मा समेत रहने गर्दथे।

पुजारी बारे
पूजा अनि पाठ सँग सम्बन्धित भन्ने भाव स्वत बुझिन्छ पुजारी शब्द बाटै। जो मन्दिर या अन्य कुनैपनी स्थानमा पुजा पाठ गर्ने ब्यक्ती हुन्छ उस्लाइ पुजारी भन्ने गरिन्छ साथै कुनै पनि देवि देवता आदिको मुर्ती या प्रतिमा पूजा गर्ने गराउने ब्यक्ती पुजारी भन्ने बुझिन्छ।

 पण्डित
बिद्वान भन्ने अर्थमा पंड शब्द प्रयुक्त हुन्छ। जसको अर्थ हुन्छ ूविद्वताू। कुनै विशेष ज्ञान मा पारंगत व्यक्ति ,विद्वान ब्यक्ती नै पण्डित हुन्छ। उसको सम्बन्धित बिसयको दक्षता नै उसको पांडित्य हुने गर्दछ।कुनै शास्त्रआदि विशेष को दक्ष या कुशल ज्ञाता नै पण्डित शब्दको भाव हुन्छ जो सम्बन्धित बिसयमा निपुण, दक्ष, ज्ञाता हुन्छ। केही बर्ष अघिसम्म वेदादी शास्त्र जस्ले पढेको छ जानेको छ उसलाई पण्डित भन्ने गरिन्थ्यो। तर आजको बुझाइ त्यस्तो पाइदैन जहाँ जो पनि त्यस अर्थ भित्र घुसेका छन।

ब्राह्मण 
ब्राम्हण शब्द ब्रम्ह बाट बनेको हुन्छ।जो ब्रम्हलाइ जान्दछ।जान्ने कार्यमा लागेको छ। जस्ले इस्वर९ब्रम्ह०लाई छोडेर अन्य कसैको उपासना गर्दैन त्यस्ता ब्यक्ती ब्राम्हण भनिएको छ। जो पुहुरेत्याइबाट आफ्नो जिविका ब्यबसाय चलाउछ उ ब्राम्हण नभएर याचक सरह मानिन्छ। जो ज्योतिष पेशाद्वारा आफ्नो जिविका चलाउछ उस्लाइ पनि ब्राम्हणको दर्जामा राख्न सकिन्न। उ ब्राह्मण नभएर मात्र ज्योतिषी हुन्छ। जो केवल कथा वाचन गर्दछ उस्लाइ कथावाचकको संज्ञा दिइन्छ। पंडित सम्बन्धित विषयको ज्ञातालाई भनिन्छ। यसरि वेद र ब्रम्हलाई छोडेर जे जति कर्म प्रयत्न गर्दछ उस्लाइ ब्राम्हण भन्न मिल्दैन।जस्को मुख बाट वेद र ब्रम्हबोधको ज्ञान स्फुरित हुदैन उसलाई ब्राम्हण भन्न मिल्दैन।

तपाईको प्रतिक्रिया