काठमाडौं – सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एफनाइन स्टारी पर्पल एण्ड लिडर, ओपोले नेपाली बजारमा एफनाइनअन्तर्गत नयाँ उत्पादन आकर्षक स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ । पछिल्लो महिना एफनाइन सार्वजनिक समारोहमा स्टारी पर्पलका बारेमा जानकारी दिए देखि नै बजारमा यसको तिब्र मागहुँदै आइरहको छ ।

५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने भोक फ्ल्याश चार्ज र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सुसज्जित एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नवप्रबर्तनात्मक विशेषज्ञताको प्रतिबिम्बदिने सोचका साथ गरिएको छ । रु ४१,५९० निर्धारण गरिएको ओपो एफनाइन असोज १६ गतेदेखि देशभर रहेका अफलाइन स्टोर्स मार्फत उपलब्ध हुनेछ ।

भोक फ्ल्याश चार्ज प्रविधि ओपोद्वारा स्वतन्त्र रुपमा विकसित प्रविधि हो । लो भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै यसले साधारण ५ भी१ ए चार्जरका तुलनामा ४ गूणासम्म तिब्र गतिको चार्जिङ सुविधा उपलब्ध गराउँछ ।

भोक प्रविधिमा एडेप्टरदेखि पोर्ट र फोनको आन्तरिक भाग सम्म ५ तहको सुरक्षा प्रणालीको ब्यवस्था गरिएको छ । यसमा भोल्टेज रिड्युसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसको माध्यमबाट फोनको प्रयोग गरिरहँदा समेत उच्च गतिको फास्ट चार्जिङलाई निरन्तरता दिन सकिन्छ जुन हाई भोल्टेज फास्ट चार्जले हालसम्म सपोर्ट गर्दैन ।

उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८५को उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री जडान गरिएको ओपो एफनाइन स्टारी पर्पलले उत्कृष्ट सेल्फीफोनका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्छ ।

तपाईको प्रतिक्रिया