काठमाडौं –  चलचित्र ‘छक्का पञ्जा ३’टिमले प्रमोशनल गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरुले स्वर दिएका छन् ।  १ मिनेट २१ सेकेण्डको गीत ‘पहिलो नम्बरमा’ कै संगीतमा तयार पारिएको हो । गीतमा डेबिड शंकरको स्वर रहेको छ भने दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले र्‍याप हानेका छन् । दीपक शर्माको संगीत रहेको गीतको शब्द केदार घिमिरेले लेखेका छन् ।

चलचित्र असोज २४ बाट देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेकोछ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय छ ।

तपाईको प्रतिक्रिया