काठमाडौं –  नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले दिपक, दीपा र ‘माग्ने बुढा’ पनि देख्न पाउनेछन् । असोज २४ गते रिलिज हुन लागेको चलचित्र छक्का पन्जा ३ को प्रचार प्रसारको लागि सिरियल यस पटकको अभिनयमा सहभागी भएका हुन् ।

हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए । यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । यसपटक भने उनीहरुलाई दर्शकले फरक प्रस्तुतीका साथ ‘भद्रगोल’मा देख्न पाउनेछन् ।

यो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । विपिन मल्लको सम्पादन रहेको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, निर शाह, शिवहरि पौडेल, किरण केसी, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया