एजेन्सी- चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मा एक पटक फेरि सानो पर्दामा फर्किने तयारी गरेका छन । उनको कमेडी शो ‘ द कपिल शर्मा शो’ फेरि प्रशारण हुने भएको छ ।

उनले एक ट्विट गर्दै आफु फेरि पनि सोनी टेलिभिजनमा फर्कन लागेको आफ्ना प्रशंसकहरुलाई जानकारी दिएका छन । उनले लेखेका छन् ‘छिट्टै फर्कदै छु ‘द कपिल शर्मा शो’ लिएर । केबल तपाईंहरुका लागि सोनी टीभीमा ।’

सहकर्मी सुनील ग्रोवरसँगको विवादका कारण उनको शो बन्द हुन पुगेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार दिपावलीको अवसरमा यो शो पुन को सुरुवात हुने भएको छ ।

तपाईको प्रतिक्रिया