काठमाडौं – नेपाल आइडलबाट चर्चामा आएका नरेश पातलीले गीत सार्वजनिक गरेका छन्। बझाङका पातलीले ‘आइ ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत ल्याएका हुन्। सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पातली आफूले पनि अभिनय गरेका छन्।

पातलीसँगै बादल घिमिरे, जशोदा कार्की र सिवानी कार्कीले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन्। गीतमा शब्द र संगीत बादलकै छ। प्रिज्म स्टुडियोले बजारमा ल्याएको गीतका एरेन्जर कृष्ण विक हुन्।

तपाईको प्रतिक्रिया