काठमाडौं -पछिल्लो समयमा भारतीय रियालिटी शोहरुमा नेपाली प्रतियोगीहरुको सहभागिता पनि बढ्दैं गएको छ । हरेक क्षेत्रमा नेपाली प्रतियोगीहरुले आफुलाई अव्बल पनि साबित गर्दै आएका छन चाहे त्यो नृत्य हो वा गायन । यसबीचमा भारतकै सर्वाधिक चर्चित डान्स रियालिटी शो’ डान्स प्लस- ४ ‘मा एक नेपाली डान्स ग्रुपले आफनो धमाकेदार प्रस्तुती दिएका छन् त्यो पनि नेपाली गीतमा नै ।

चिटिक्क नेवारी पोसाकमा सजिएर रैपिडो च्याम्स नामक नेपाली डान्स ग्रुपले अहिलेको चर्चित गीत मन मगन गीतमा आफ्नो धमाकेदार प्रस्तुती दिएका हुन् । उनीहरुलाई चर्चित कोरियोग्राफर एवं शोका जज धर्मेसले नेपाल आएर नै उनीहरुलाई सेलेक्ट गरेका थिए ।

रैपिडोको प्रस्तुतीपछि मुख्य जज रेमो डिसुजाले खुलेर प्रशंसा गरेका थिए भने उनीहरुलाई अघिल्लो चरणमा समेत प्रबेश दिलाएका छन् । यतिबेला रैपिडो च्याम्सको यो भिडियो सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया