काठमाडौं,असोज २३ –विद्युत पोल ढल्दा ट्रान्सफर्मरले किच्दा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । मंगलबार घर नजिकैको रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि   गम्भिर घाइते उनको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको ५८ बर्षको उमेरमा निधन भएको हो । कलाकार बोगटी टिकाथली स्थित घर नजिकैको रुख काट्ने क्रममा ट्रान्सफर्मर जोडीएको पोल ढलेको थियो । गम्भिर घाइते बोगटीलाई तत्काल अस्पताल पुराउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।  बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया