काठमाडौं – असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  छक्का पञ्जा ३ सेन्सर पास भएको छ ।  केन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यस पटक सिनेमाले मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । मल्टिप्लेक्समा ८५ शो पाएको छक्का पञ्जा ३ ले गत वर्षको ‘छक्का २ ‘ भन्दा ६ शो बढी पाएको हो । सर्वाधिक शो पाएकोले चलचित्र युनिटले दर्शकलाई सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिंग समेत खुल्ला गरिसकेको छ ।

सोमबारदेखि सुरु भएको टिकट बुकिंग तीव्र गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको यस सिनेमामा दीपक राज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, प्रियंका कार्की, संजोग कोईराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया