काठमाडौं –  आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा चीनले नेपाललाई २७ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीन १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो । चीनका होङ जियाङ यानले सर्वाधिक ११ अंक जोडे । त्यस्तै डेनज्ही माले ५ रन जोड्दा चेन जीङफेङले १ रन बनाए । चीनका अन्य ७ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।

नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले समान ३ र ३ विकेट लिए ।

अघिल्ला चार खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा पुगिसकेको नेपालले पाँचौ खेलमा चीनको सामना गरिरहेको हो ।

तपाईको प्रतिक्रिया