काठमाडौं -आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । यो सँगैनेपालले लगातार पाँचौ जित निकालेको छ ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा चीनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै बिना विकेटको क्षतिमा पुरा गर्यो ।

नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदिप ऐरीले पनि अविजित ४ रन जोडे । विनोदले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनायो। चीनका लागि होङ जिङ यानले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। खेलमा चीनले ९ रन अतिरिक्त पाएको थियो।

यो जितसंगै छनोटमा नेपाल ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । यता, चीन भने ५ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया