काठमाडौं – गायक शिव परियारको स्वरमा रहेको ‘सुनको माया’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम ‘शिवालय’भित्र समावेश गगीतको भिडियोमा मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल अलिसा राईलाई फिचरिंग गरिएको छ ।

कुशल भिडियो निर्देशक विकास सुवेदीको निर्देशन रहेको गीतमा निकै राम्रो तरिकाको कोरियोग्राफी अनुरागको रहेको छ । गायक शिव परियारको आवाज रहेको गीतमा शिवकै संगीत रहेको छ । स्वेता मैनालीको शब्दमा शिव परियारको आवाज तथा संगीत रहेको गीत ‘सुनको माया’ मा अनिल के मानन्धरले सिनेमाटोग्राफी गरेका छन् । बिकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया