काठमाडौं, असोज २५- एनआईसी एशिया बैंकले आफ्नो दुई नयाँ शाखा बाँकेमा विस्तार गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोकमा एउटा शाखा विस्तार गरीएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले गरेका छन।

यस्तै बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोकमा विस्तारित अर्को शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले उद्घाटन गरेका छन् ।

बैंकका हालसम्म मुलुकभर २ सय ६१ शखाहरु रहेका छन् । यस्तै बैंकले २ सय ५३ एटीएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया