काठमाडौं- बहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पन्जा को सिरीज ‘छक्का पन्जा ३’ ले प्रदर्शनको पहिलो दिन मै आक्रामक सुरुवात गरेको छ।

नेपालीहरुको महान चार्ड दशैंलाई लक्षित गरी घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले मल्टिप्लेक्स सँगै सिंगल थियटहरुमा पनि उत्साहजनक व्यापार गरेको निर्माण पक्षले जनाएको छ।

यो फिल्मले पहिलो दिन १ करोड २० लाखको हाराहारीमा ग्रस कारोबार गरेको निर्माण पक्षको दावी छ।यस अघि सिनेमा छक्का पञ्जा २ ले पहिलो दिन १ करोड ५० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको थियो।त्यो रेकर्ड भने ‘छक्का पञ्जा –३’ले तोडेन सकेन ।

अघिल्ला दुई चलचित्रमा बिषयवस्तु भन्दा कमेडीलाई ध्यान दिएको यसको निर्माणपक्षले यसपटक भने बिषयवस्तुमा जोड दिएको छ । यसपटक सरकारी विद्यालयमा हुने राजनीति र त्यसले निम्त्याएको परिणामलाई उठान गरिएको छ ।

‘हामीले चलचित्रमा धेरै मेहेनत गरेका छौँ । पहिलेभन्दा फरक देखाउने प्रयास गरेका छौँ र दर्शकले पनि हामीले राम्रो गर्न सक्छौँ भनेर विश्वास गर्नुभयो । यो नै हाम्रा लागि महत्वपूर्ण कुरा हो’, चलचित्रकी निर्देशक दीपाश्री निरौलाले भनिन् । चलचित्र ‘छक्का पञ्जा –३’ का लागि काठमाडौं उपत्यकाका सबै जसो मल्टिप्लेक्स हलहरुमा उच्च शो दिइएको छ ।

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल, नीर शाह, लक्ष्मी गिरीलगायतका कलाकारको अभिनय रहेको छ भने प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का विशेष भुमिकामा देखिएका छन्।

तपाईको प्रतिक्रिया