सप्तरी,असोज २५– सप्तरीको राजविराजमा दुई युवा समूहबीच भएको झगडामा परी एक युवकको ज्यान गएको छ ।

झगड़ामा सप्तरीको राजदेवी मा वि का विद्यालय व्यवस्था समितिका सदस्य भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेम यादवकोे मृत्यु भएको हो ।

झगडा दुई उच्छृंखल युवा समूहबीच व्यक्तिगत रिस इबीका कारणले भएको मृतकका परिवारले जनाएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया