पप्पु गुरुङ्ग-दोधारा,कात्तिक १८ – माहाकालीमा दोधारेली सांगीतिक महोत्सवमा तेस्रो दिन शनिवार बार गायिका राधिका हमालले बबाल गरेकी छन् । तर यो बबाल उनले अरु केही गरेर होइन ‘बबाल’ बोलकै गीत गाएर गरेकी हुन्। बारम्बार ‘बबाल छ’ भन्दै स्टेज तताएकी राधिकाले ‘झोर्ले है’, ‘यस्तै हुन्छ भन्ने भा’, ‘एक दुई तीन’, ‘लर्केको कपाल’, ‘तिम्रो मेरो जोडी झकास’, लगायतका एक दर्जन गीत गाएकी थिइन् । उनको गायनमा बृद्ध देखि बच्चा सम्मले नाचेर साथ दिएका थिए ।

‘मलाई बच्चा, युवा र बृद्ध बृद्धाहरुले पनि माया दिनुभएको छ,’ उनले हास्दै भनिन, ‘त्यसैले त जहा“ गएपनि बबाल नै हुने गरेको छ ।’ ‘क्याम्पस पढ्न आउने’ र ‘बबाल छ’ बोलको गीत गाउदा थुप्रै युवा र वृद्धवृद्धाले नाचेर उनलाई साथ दिए ।

दोधारेली सांगीतिक महोत्सवमा आज पुगेका चर्चित गायिका राधिका आउने भएपनि दोधारेली सांगीतिक महोत्सवमा दर्शको भिड बढेको हो । उनले बजारमा आउने तयारीमा रहेको गीतको टुक्रा गाएर समेत सुनाइन् । शनिवार लोक गायक तथा चर्चित मोडेल चक्र बमले पनि ‘नाच मेरी झुमा…’ ‘डिजे वालाले..’ लगाएत आधा दर्जन गीत गाएर दर्शकलाई नचाए । माहाकाली नगरपालिका वडा नं. ९ अम्बिका उच्च माध्यमिक बिद्यालयको प्रांगणमा १५ गते देखि सुरु भएको दोधारेली महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको जोडदार प्रस्तुतीले दर्शकलाई निकै उत्साहित बनाउदै आएका छन् ।

दैनिक ४ हजार भन्दा बढी दर्शकहरुले महोत्सवको मज्जा लिएको दोधारेली सांगीतिक महोत्सव कार्यक्रम संयोजक शुरेस गिरीले जानकारी दिएका छन् । दोधारेली सांगीतिक महोत्सव– २०७५ भोलीको दिन समापन हुने आयोजक समितिले जनाएको छ् ।

आम जनतालाई मनोरंजन संगै जनचेतना मुलुक कार्यक्रमहरु पस्कने गर्छौ’ महोत्सव समितिका एक सदस्य तथा बाबा ट्रेड्सका प्रपोराईटर यसवन्त खड्काले भने । राष्ट्रिय स्तरको कलाकारको प्रस्तुती टेलीभिजनको पर्दामा हेर्दै आएका माहाकालीबासीले प्रत्यक्ष आफ्नै अगाडी हेर्न पाउने भएपछि स्थानियहरु हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया